Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

हेटौँडामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण

हेटौँडामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण

काठमाडौं,३ जेठ ।  हेटौँडामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण कार्य तीव्ररुपमा अगाडि बढाइएको छ ।  सरकारले चार वर्ष अगाडि हेटौँडाको मयुरघापमा निर्माण हुन लागेको प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणाअनुरुप निर्माण कार्य शुरु भएको थियो ।  परियोजनाको डिपिआर सकिएको र वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि परियोजनाको काम तीव्रगतिमा बढ्ने औद्योगिक क्षेत्र परियोजनाका प्रमुख प्रकाश केसीले बताउनुभयो ।  हेटौँडा उपमहानगरपालिका– १४ स्थित मयुरधापमा १३५ हेक्टर जमीनमा निर्माण शुरु गरिएको र त्यसको वातावरण प्रभाव मूल्याङ्कनसमेत पूरा भएको छ।

एक वर्ष अगाडि औद्योगिक क्षेत्र स्थापना डिपीआर तयार गर्न शुरु भएको हो । साविक चुरियामाई र पदमपोखरी गाविसबीच पर्ने मयुरधाप क्षेत्रको जमीनमा औद्योगिक क्षेत्रका लागि सर्भेको काम भइरहेको छ । औद्योगिक क्षेत्र स्थापनापछि मयुरधापमा काठमाडौँको बालाजु र पाटन  औद्योगिक क्षेत्रका ठूला औद्योगिक प्रतिष्ठानसमेत हस्तान्तरण हुने बताइएको छ । सरकारले उद्योगको विकास र रोजगारी वृद्धिका लागि सातवटै प्रदेशमै औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो । उक्त औद्योगिक क्षेत्रको निर्माणमा रु सात अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ भने करीब १०० उद्योग स्थापना हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x