Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

२०१९ को पहिलो चार महिनामा पर्यटक आगमन उत्साजनक, साढे चार लाख पर्यटक भित्रिए

२०१९ को पहिलो चार महिनामा पर्यटक आगमन उत्साजनक, साढे चार लाख पर्यटक  भित्रिए

काठमाडौं, ३ जेठ । सन् २०१९ को पहिलो चार महिनामा पर्यटकको आगमन उत्साजनक देखिएको छ । अघिल्लो बर्षको यही अवधिमा भन्दा यस बर्ष १५ प्रतिशत बढीले पर्यटकहरु नेपाल आएको अध्यागमन विभागको तथ्ययाङ्कले देखाएको छ । गएको चार महिनामा करिब साढे चार लाख पर्यटक नेपाल भित्रिएका छन् । विभागका अनुसार जनवरीदेखि अप्रिल महिनासम्म कुल चार लाख ४५ हजार एक सय नौ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०१८ को पहिलो चार महिनामा तीन लाख ८६ हजार ३० जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्क छ ।

सवै भन्दाबढि पर्यटक चिन बाट

अध्यागमन विभागका अनुसार यसबीचमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । चार महिनामा ६४ हजार पाँच सय ७८ जना चिनियाँ पर्यटक नेपाल आएको तथ्याङ्क छ । यो अघिल्लो वर्षको तुलनामा २०.६४ प्रतिशतले बढी हो । त्यसपछि सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १९.१० प्रतिशले बढेर भारतीय पर्यटकको सङ्ख्या ६० हजार ४३८ पुगेको छ । वृद्धिदरको हिसाबले भने सबैभन्दा धेरै ताइपेइबाट नेपालमा पर्यटक आएको देखिन्छ । अघिल्लो वर्ष तीन हजार ५७० ताइपेइबाट पर्यटक नेपालमा आएकोमा ६९.८० प्रतिशतले बढेर यस्तो सङ्ख्या छ हजार ६२ पुगेको छ । सङ्ख्यात्मक हिसाबले चार महिनामा संयुक्त राज्य अमेरिकाबाट भित्रने पर्यटक तेस्रो स्थानमा छन् । यसबीचमा ३२ हजार ७४० जना अमेरिकी पर्यटक नेपाल आएको विभागले जनाएको छ । त्यसपछि थाइल्यान्डबाट ३० हजार ७०७ र पाँचौँ स्थानमा रहेको श्रीलङ्काबाट २८ हजार १८९ पर्यटक नेपाल आएको तथ्याङ्क छ ।

क्षेत्रीय रूपमा सार्क देशबाट ९७ हजार १६८ र एसियाका बाँकी देशबाट एक लाख ४० हजार पर्यटक नेपाल आएका छन् । त्यस्तै युरोपबाट ८५ हजार २७ जना पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । ओसियानातर्फ १४ हजार चार सय पर्यटक नेपाल आएकोमा अमेरिकी देशहरूबाट कुल ३९ हजार ९१० जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x