Date

आइत, जेष्ठ १८, २०८२
Sun, June 1, 2025

निर्माण सुरु भएको आठ वर्षपछि त्रिशूली थ्री एको विद्युत उत्पादन शुरु

निर्माण सुरु भएको आठ वर्षपछि त्रिशूली थ्री एको विद्युत उत्पादन शुरु

काठमाडौं,३ जेठ ।  वहुचर्चित र वहुप्रतिक्षित माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेगमा निर्मित आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि विद्युत उत्पादन सुरु भएको हो । आयोजनाको विद्युत गृहवाट कुल जडित क्षमताको आधा अर्थात ३० मेगावाट विद्युत उत्पादन सुरु गरिएको छ ।

आयोजनाको सवै संरचना तथा उपकरणहरुको सफल परीक्षणपछि विद्युत उत्पादन गरि राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिएको छ । यसअघि चरण चरणमा गरिएका सम्पूर्ण उपकरण परीक्षणपछि विद्युत् उत्पादन सुरु गरिएको प्रमुख जोशीले वताए ।  

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको उत्तरी भेगमा रहेको त्रिशूली नदीको पश्चिमी किनारामा किस्पाङ गाउंपालिका वडा नं. ५ सिम्लेस्थित स्विचयार्डको नियन्त्रण कक्षमा रहेको स्विच थिचेर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको शुभारम्भ गरे । आगामी असारदेखि सम्पुर्ण युनिट पुरै उत्पादन गरिसकिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *