Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

७ सय २५ स्थानीय तहमा वाणिज्य बैंकको शाखा, बाँकी २८ स्थानीय तह

७ सय २५ स्थानीय तहमा वाणिज्य बैंकको शाखा, बाँकी  २८ स्थानीय तह

काठमाडौं, ६ जेठ । वाणिज्य बैंकहरुले स्थानीय तहमा आफ्नो उपस्थिती बढाएका छन् । चालु आर्थिक वर्षको बैशाख सम्ममा कुल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २५ स्थानीय तहमा वाणिज्य बैंकहरुले आफ्नो शाखा खोलेका छन् । नेपाल राष्ट्र बैंकले विसं २०७४ मा स्थानीय तहमा शाखा विस्तारका लागि वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो ।

प्रदेश १ को एक सय ३७ स्थानीय तह मध्ये एक सय ३४ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ। दुईमा एक सय ३६ मध्ये एक सय ३४ तहमा, तीनमा एक सय १९ मध्ये एक सय १७ स्थानीय तहमा शाखा खोलिसकेका छन् । गण्डकी प्रदेशमा ८५ मध्ये ८३ स्थानीय तहमा शाखा पुगिकेको छ भने प्रदेश ५ मा एक सय ९ वटै स्थानीय तहमा शाखा पुगिकेको छ । त्यस्तै कर्णाली प्रदेशमा ७९ मध्ये ६७ तहमा र सूदुरपश्चिम प्रदेशको ८८ मध्ये ८१ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा खोलिसकेका छन् ।

बाँकी २८ स्थानीय तहमा शाखा विस्तारका लागि बैंकहरु आक्रामक रूपमा लागिरहेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले निर्देशन दिएपछि थप २ सय ३० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार आगामी असार मसान्त सम्म बैंक स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरिसक्नुपर्ने छ । तर त्यो अवधीमा सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउन नसकिने बैकर्स संघ नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले यसअघि नै बताइ सकेका छन् । उच्च हिमाली तथा अति विकट विद्युत, सडक, इन्टरनेट लगायतका पूर्वाधारको अभाव रहेका स्थानीय तहमा शाखा पुर्‍याउन कठिन भएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x