Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एभरेष्ट अस्पतालमा उपचार गर्दा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एभरेष्ट अस्पतालमा उपचार गर्दा  विशेष छुट

काठमाडौं, ६ जेठ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई एभरेष्ट अस्पताल प्रा.लि.,काठमाडौंमा विशेष छुट हुने भएको छ । बैंकका डेबिट एवं क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट हुने भएको हो ।

बैंकका ग्राहकहरुलाई सहुलियत उपचार सेवा दिने सम्झौता पत्रमा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले एभरेष्ट अस्पतालमा सहज रुपमा छुट सहित उपचार गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल मुलुकभर २ सय ८३ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर र २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x