सेयर बजारमा ९ अंकको गिरावट, कारोबार रकममा भने उत्साह कायमै
काठमाडौं, ६ जेठ । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । हिजो झिनो अंकले घटेको नेप्से परिसूचक आज ९.१३ अंकले घटेर १३०७.७१ को बिन्दुमा झरेको छ।
११ समूहको कारोबारमा हाइड्रोपावर र अन्य बाहेक अरु सबै समूहमा गिरावट आएको छ । हाइड्रोपावर समूहको उपसूचक १६.५९ र अन्य समूहको २.७६ अंकले बढेको छ। निर्जीवन बीमा समूहको उपसूचक भने सबैभन्दा धेरै ११९.२५ अंकले घटेको छ। त्यस्तै, जीवन बीमा ८५.४४, उत्पादन तथा प्रशोधन ५२.६९, विकास बैंक २०.३५ अंकले घटेको छ ।
परिसूचक घटेपनि कारोबारमा भने हिजोको तुलनामा बढी भएको छ। आज एक सय ७२ कम्पनीको १ अर्ब २२ करोड भन्दा बढी रकमको सेयर किनबेच भएको छ। हिजो १ अर्व ९ करोडको कारोबार भएको थियो ।
कारोबार रकमको आधारमा शिवभ् सिमेन्टले अग्रता लिएको छ। कम्पनीको २५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो र तेस्रो सथानमा क्रमश ः नेपाल बैंक र हिमालयन डिष्टीलरि रहेको छ ।
कारोबारका आधारमा कर्पोरेट डेभलमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने पाँचथर पावर कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।