Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

नेपाली लगानी भएका उद्योग बन्द गरी भारतीय लगानीका उद्योग खोल्दै युनिलिभर

नेपाली लगानी भएका उद्योग बन्द गरी भारतीय लगानीका उद्योग खोल्दै युनिलिभर

काठमाडौं,८ जेठ ।  बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडले हेटौडा औधोगिक क्षेत्र भित्र रहेका नेपाली उद्योगीहरुको लगानी रहेको सहायक उद्योग बन्द गरी आफैले भारतीयहरुको लगानीमा नयां सहायक उद्योगहरु खोल्न थालेको छ । बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडको सहायक उधोग गंगा सोप एन्ड केमिकल इन्डस्ट्रिज एक महिनादेखि बन्द छ ।

उद्योगमा उत्पादित कच्चा पदार्थ युनिलिभरले लिएको छैन भने उद्योग बन्द गरेपछि मजदुरहरूलाई क्षतिपूर्तिस्वरूप दिनुपर्ने रकम पनि युनिलिभरले नदिएको हेटौंडामा उधोग संचालक ईन्द्र बहादुर वानियाले जानकारी दिए । हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको युनिलिभर नेपालको तीनवटा सहायक उद्योगमध्ये दुई वटा बन्द गरिएका हुन् ।

युनिलिभरको लागि सनसिल्क र क्लिनिक प्लस सेम्फु उत्पाद गर्दै आएको गंगा सोप उद्योग र युनिक सोपले पाँच किसिमका सर्फहरु उत्पादन गर्दै आएको थियो । युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज आठ महिनाअघि नै बन्द भइसकेको छ । उक्त उद्योगमा एक सय २३ जना कामदार कार्यरत थिए । ती दुई उद्योग बन्द गरेर युनिलिभर नेपालले भारतीय लगानी रहेको आर.एम. केमिकल उद्योग खोलेको छ । युनिलिभरबाट सामानको बक्यौतासँगै मजदुरको क्षतिपूर्ती बापत डेढ करोड र गंगा सोपले दुई करोड रुपैयाँ लिन बाँकी रहेको उधोगिहरुको भनाइ छ । युनिलिभरले उद्योग बन्द गर्दा उद्योगी र मजदुरलाई क्षतिपूर्ती उपलब्ध नगराएको भन्दै नेपाली उद्योगी र मजदुरहरु आन्दोलित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *