Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सार्वजनिक खरिद नियमावली पुन: संशोधन नभए काम ठप्प पार्ने ठेकेदारको चेतावनी

सार्वजनिक खरिद नियमावली पुन: संशोधन नभए काम ठप्प पार्ने ठेकेदारको चेतावनी

काठमाडौं, ८ जेठ । सरकारले गरेको सार्वजनिक खरिद नियमावलीमा संशोधन प्रति निर्माण ब्यवसायीहरुले असन्तुष्टि ब्यक्त पुन: संशोधनको माग गरेका छन् । संशोधन गरि थप गरिएका ७ वटा बुँदाले आफूहरुलाई मर्का परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । एक हप्ताभित्रमा आफ्ना माग पूरा नभएमा देशव्यापी आन्दोलन थाल्ने चेतावनी महासंघले दिएको छ । महासंघका कार्यबाहक अध्यक्ष निकोलस पाण्डेले नियमावली सरोकारवाला पक्षसंग छलफल नै नगरी अवैज्ञानिक ढंगले आएकोले संशोधन नगरे हडताल गर्नुको विकल्प नभएको बताए ।

त्यसैगरी महासंघले आफ्ना माग प्रति सरकार गम्भीर नभए व्यवसायीहरूले इजाजतपत्र सरकारलाई बुझाउने, विभिन्न कार्यालयबाट प्रकाशित भएका बोलपत्रहरू बहिष्कार गर्ने, हाल सञ्चालनमा रहेका विकास निर्माणका कार्यहरू ठप्प पारी हेभी यन्त्र उपकरण सडकमा राख्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।महासंघले चालु रहेका तथा निर्माण सम्पन्न भएका आयोजनाको विल पेश भएता पनि भूक्तानि नभएका कारण निर्माण व्यावसायी आर्थीक रुपमा धरासायी हुनकासाथै काम प्रभावित भएको भन्दै तत्काल भूक्तानी दिन पनि सरकार संग माग गरेको छ ।

यता सरकारले भने सरकारले निर्माण व्यवसायीबाट हुन सक्ने कमसल निर्माण रोक्न र ठेकिएबमोजिम काम नगर्ने फर्मलाई कार्बाही गर्न नियमावलीका ल्याएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x