Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

संसदीय समितिको निर्देशन – डेडिकेट महशुल तिर्न आनाकानी गर्ने ब्यवसायीलाई कारवाही गर

संसदीय  समितिको निर्देशन – डेडिकेट महशुल तिर्न आनाकानी गर्ने ब्यवसायीलाई कारवाही गर


 काठमाडौं,७ जेठ । संसदीय समितिले डिडिकेटेड् महशुल तिर्न आनाकानी गर्ने ब्यवसायीलाई कारवाही गर्नु पर्ने निश्कर्ष निकालेको छ ।  नेपाल विद्युत प्राधिकरणमा डेडीकेटेड फीडरका सम्बन्धमा देखिएको समस्याका सम्बन्धमा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने र शुल्क तिर्न आनाकानी गर्नेहरुलाई कारवाही गर्नुपर्ने सासदहरुको माग छ ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरुले पहिले बिजुलीको सेवा लिने र हाल महशुल तिर्न आनाकानी गर्ने उद्यमीका सम्बन्धमा छानबीन गरी कारवही गर्नुपर्ने बताए । नेपाली जनताले मुलुकको उद्योग व्यवसायको विकासकालागि १८ घन्टा लोडशेडिङ सहेर भएपनि डेडीकेटेड फीडर मार्फत् बिजुली उपलब्ध गराएको बताउँदै सांसदहरुले प्राधिकरणको नेतृत्वले यस विषयलाई विद्युत नियमन आयोगलाई जिम्मा लागाउनु नहुने बताए ।

त्यस बखत उर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायत अन्य पदाधिकारीहरुले डेडीकेटेड फीडरको महसुलका सम्बन्धमा छानबीन गर्नकालागि समिति बनाइएको र त्यसको प्रतिवेदनका आधारमा आवश्यक कारवाही गरिने जानकारी गराएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x