Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर बजार ४.४२ अंकले बृद्धि, सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंकको

सेयर बजार ४.४२ अंकले बृद्धि, सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंकको

काठमाडौं, ७ जेठ । दुई दिनदेखि लगातार घटेको सेयर बजार साताको तेस्रो कारोबारमा (आज) सुधार आएको छ । आईतबार र सोमबार लगातार १.७८ र ९.१३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार भने ४.४२ अंकले बृद्धि भई १३१२.१४ बिन्दुमा रोकिएको हो ।
त्यस्तै सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ८ करोड ६६ लाख रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएको हो । दोस्रोमा शिवम् सिमेण्टले ६ करोड ८८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गरेको छ ।

१ सय ७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ करोड ४४ लाख ५२ हजार २६८ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी कमाउँनेमा लल्टिपर्पाेज फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त कम्पनीको प्रतिसेयर मूल्य ९.९४ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी गुमाउँनेमा समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त वित्तीय संस्थाको प्रतिसेयर मूल्य ७.०५६८ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा सूचिकृत १२ समूहमध्ये ३ समूहको परिसूचकमा गिरावट आएको छ भने अन्य ९ वटा समूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादन तथा प्रशोधन, अन्य र माइक्रोफाइनान्स समूहको परिसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x