Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१ करोड रुपैयाँको लागतमा विद्यालयको पुनर्निर्माण, विद्यार्थीहरुमा खुसी

१ करोड रुपैयाँको लागतमा विद्यालयको पुनर्निर्माण, विद्यार्थीहरुमा खुसी

काठमाडौं, ७ जेठ । रसुवाको नौकुण्ड गाउँपालिका–६ स्थित घोर्मु प्राथामिक विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएपछि विद्यार्थीमा खुसी छाएको छ । चार वर्षदेखि अस्थायी सिकाइ केन्द्रमा अध्यायन गर्दै अएका विद्यार्थीहरुमा विद्यालयकोे स्थायी भवनबाट पाठनपाठन सुरु हुन थालेपछि खुसी छाएको हो ।

वि.सं. २०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पले विद्यालयको भवन पूर्ण रुपमा क्षति भएपछि चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो । भवनको पुनर्निर्माण १ करोड रुपैयाँको लागतमा हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रा.लि.ले गरिदिएको प्रधानाध्यापक विष्णु प्रसाद पौडेलले बताए । उक्त भवनमा ८ वटा कोठाहरु रहेका छन् ।

नवनिर्मित भवनको उद्घाटन प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले गत आइतबार गरेका थिए । भवन निर्माण भएसँगै पठनपाठनमा पनि सहज भएको पौडेल बताउछन् । विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x