प्रदेश ५ मा लक्ष्मी बैंकका थप २ शाखा विस्तार
काठमाडौं, ७ जेठ । लक्ष्मी बैंकले प्रदेश ५ मा थप दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा बैंकले शाखा कार्यालय विस्तार गरेको हो । यी शाखा विस्तार भएसँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको बैंकले जनाएको छ ।
उक्त शाखाहरु मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ४७ जिल्लामा १ सय ५ शाखा, १ सय २७ एटीएम, २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर र ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।