Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राइज बैंकको गठ्ठाघरको चारदोबाटोमा शाखा

सन्राइज बैंकको गठ्ठाघरको चारदोबाटोमा शाखा

काठमाडौं, ९ जेठ । सन्राइज बैंक लिमिटेडले भक्तपुर स्थित गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार गरेको छ । बुधबार आयोजित एक औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

यो हालसम्म बैंकका शाखा संख्या १ सय ६ वटा पुगेको बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै बैंकले नेपाल अधिराज्य भर २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय २१ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x