राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर पर्सा मालपोत कार्यालयमा
काठमाडौं, ९ जेठ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले पर्सा जिल्लाको मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । बैंकले प्रदेश नम्बर २, वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर शुभारम्भ गरेको हो ।
शाखा कार्यालय वीरगंजका निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूँजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकले जनाएको छ ।
हाल बैंकले २ सय १९ वटा शाखा कार्यालय, १ सय ७२ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा, २३ वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।