Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

२५ वर्षे दीर्घकालिन योजना निर्माण गर्दै धनगढी उप–महानगरपालिका, सरोकारवालाहरुसँग सुझाव संकलन गरिदै

२५ वर्षे दीर्घकालिन योजना निर्माण गर्दै धनगढी उप–महानगरपालिका, सरोकारवालाहरुसँग सुझाव संकलन गरिदै

बिवेक नगरि

धनगढी, ९ जेठ । २५ वर्षे दीर्घकालिन शहरी विकास योजना निर्माण गरिरहेको धनगढी उप–महानगरपालिकाले सरोकारवलाहरुसँग सुझाव संकलन सुरु गरेको छ । योजनालाई अझ प्रभावकारी र सबै नागरिकले अपनत्व ग्रहण गर्ने बनाउन उप–महानगरपालिकाले पूर्व नगरप्रमुखहरु, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि सहित स्थानीयहरुसँग सुझाव संकलन गरेको हो ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिगत र अहिलेको अबस्थालाई बिश्लेषण गरेर दीर्घकालिन शहरी विकास योजना निर्माण गर्न लागेको जानकारी दिए । अहिले बनाउने दीर्घकालिन योजनासँग धनगढी शहर र नगरबासीको भविष्य जोडिएको भन्दै उनले मस्यौदामा छुटेका कुराहरुमा सुझाव दिन सबै नगरबासीलाई आग्रह गरे ।

धनगढीलाई ब्यबस्थीत, सुन्दर र समुन्नत शहर बनाउनका लागि सरोकारवलाहरुलाई बिभिन्न समुहमा बिभाजन गरेर सुझाव संकलन गर्ने काम भइरहेको उप–महानगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेले बताए । उनले अहिले बनाएको योजनाले दीर्घकालिन असर पार्ने भएकाले पूर्वाग्रह त्यागेर सुझाव दिनुपर्ने बताए । नगर भित्र नगरबसपार्क, खुल्ला क्षेत्र, पार्क, आकाशेपुल क्षेत्र,एकिकृत फोहर ब्यबस्थापन केन्द्र, तरकारी बजार, मनोरञ्जन स्थल, कवडहल, पार्किङ्ग क्षेत्र, बिमानस्थल, पर्यटक सूचना केन्द्र लगायतका क्षेत्रहरु समेत छुट्याईने छ ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यालय धनगढीका आयोजना प्रमुख सुरेश बाग्लेले धनगढी नगरका समस्या, चुनौती र सम्भावनाहरुको बिश्लोषण गरेर दीर्घकालिन शहरी विकास योजना निर्माण भइरहेको बताए । यो सुदूरपश्चिम प्रदेशको एक मात्रै उप–महानगरपालिका हो । धनगढी निकट महानगरपालिकामा परिक्षण हुने पक्का जस्तै भएकाले पनि त्यो सोच राखेर योजना तयार गरिनुपर्ने सुझाव सहभागिहरुले दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x