Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से ५.०८ अंकले घट्यो, ९३ करोडको सेयर किनबेच

नेप्से ५.०८ अंकले घट्यो, ९३ करोडको सेयर किनबेच

काठमाडौं, ९ जेठ । साताको अन्तिम कारोबार बिहिबार (आज) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५.०८ अंकले गिरावट आई १३१४.५५ विन्दुमा बन्द भएको छ ।

१ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता सेयर खरिदविक्री हुँदा ९३ करोड २६ लाख ४४ हजार ८८७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको भएको छ । उक्त हाईड्रोपावरको १५ करोड ५९ हजार भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै एनएमबि माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी कमाएका छन् । उक्त माईक्रोफाईनान्सको प्रतिसेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउँनेमा हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त ऊर्जा कम्पनीको प्रतिसेयर मूल्य ९.७२२२२ प्रतिशतले घटेको छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने अन्य ७ समूहको परिसूचक घटेको छ । होटल १.६८ प्रतिशत, निर्जीवन बीमा ०.०६ प्रतिशत, अन्य ०.१२ प्रतिशत, माईक्रोफाइनान्स ०.११ प्रतिशत र म्यूचियल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशतले बढेको छ । बैंकिङ्ग ०.०८ प्रतिशत, ट्रेड ०.०३ प्रतिशत, विकास बैंक ०.५७ प्रतिशत, हाईड्रोपावर ४.८२ प्रतिशत, फाईनान्स १.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.६७ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x