Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनबीए र पोखरा विश्वविद्यालयबीच वित्तीय साक्षरताका लागि सहकार्य

एनबीए र पोखरा विश्वविद्यालयबीच वित्तीय साक्षरताका लागि सहकार्य

काठमाडौं, ९ जेठ । नेपाल बैंकर्स संघ (एनबीए) र पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशबीच वित्तीय साक्षरता अगाडि बढाउँन सहकार्य भएको छ । उक्त सम्झौतापत्रमा एनबीएका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना र पोखरा विश्वविद्यालयका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरेका हुन् ।

सम्झौताले दुवै संस्थाबीच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहरुमा यसले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

सम्झौता अनुसार विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरुसँगको सहकार्यमा ग्रामिण क्षेत्रमा गई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ्ग कारोवारका लागि उत्प्रेरित दिनु पर्ने छ । यस अभियानले नेपाल सरकारले ल्याएको ‘खोलौं बैंक खाता अभियान’लाई समेत मद्दत पुग्ने दुबै संस्थाको अपेक्षा रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x