Date

बिहि, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

पुरा मतपरिणमा सार्वजनिक नहुदै प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षिलाई बधाई

पुरा मतपरिणमा सार्वजनिक नहुदै प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षिलाई बधाई

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा विजयी भएकोमा बधाइ दिएका छन्। भारतमा भएको निर्वाचनको आज मतगणना जारी छ। देशैभर प्रधानमन्त्री मोदीको दलले ठूलो मतान्तरसहित अग्रता कायम गरेको छ भने तीन ठाउँमा उम्मेदवार बनेका मोदी पनि भारी मतसहित अग्रता कायम गरेका छन्।

प्रधानमन्त्री मोदी र उनको दल बहुमतसहित पुनः निर्वाचित हुने निश्चित देखिएपछि प्रधानमन्त्री ओलीले ट्विट गर्दै बधाई दिएका हुन्। ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई लोकसभा चुनाव २०१९ मा प्राप्त गरेको चुनावी जीतका लागि बधाई दिन्छु’, ट्विटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आगामी दिनमा सफलताको कामना गर्छु। निकट सम्बन्धमा रहेर काम अघि बढाउन प्रतीक्षारत छु।’

नेपालसहित विभिन्न देशका नेताहरुले भारतीय प्रधानमन्त्री मोदीलाई चुनावी जीतका लागि बधाई दिएका छन्। भारतमा जारी मतगणमा प्रधानमन्त्री मोदी पुनः सत्तामा दोहोरिने निश्चित भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x