सिभिल बैंकका कर्मचारीको क्षमता अभिबृद्धिका लागि लिडरसिप एकेडेमीसँग सहकार्य
काठमाडौं, ११ जेठ । सिभिल बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि “लिडरसिप एकेडेमी नेपाल” सँग सहकार्य गर्ने भएको छ । यस सम्बन्धि सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र लिडरशिप एकेडेमीका अरुण जोशीले हस्ताक्षर गरका छन् ।
सम्झौता अनुसार एकेडेमीले बैंकका कर्मचारीको क्षमता अभिबृद्धिका लागि विभिन्न किसिमका तालिम प्रदान गर्नेछ । लिडरसिप एकेडेमी अमेरिकाको ‘राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेसन’ सँग अनुबन्धित संस्था हो ।