Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

यो साता नेप्सेमा गिरावट, ५ अर्व बढीको कारोबार

यो साता नेप्सेमा गिरावट, ५ अर्व बढीको कारोबार

काठमाडौं, ११ जेठ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.१६ अंकले घटेको छ । गत साताको अन्तिम दिन जेठ २ गते १३१८.७१ विन्दुमा बन्द भएको थियो भने यो साताको अन्तिम दिन जेठ ९ गते १३१४.५५ विन्दुमा बन्द भएको छ ।

यो सातामा नेप्से दुई दिन बढेको छ भने तीन दिन घटेको थियो । पाँच कारोबारमा तीन दिन बजार घट्दा नेप्से परिसूचक पनि घट्न पुगेको हो । दुई दिनमा नेप्से परिसचूक २१.९१ अंकले बढेको थियो भने तीन दिनमा १६.०८ अंकले घटेको थियो । साताको शुरुको दुई दिन बजार घटेको थियो भने मंगलवार र बुधवार नेप्से बढेको थियो । बिहीवार घटेर बन्द भएको हो ।

साताकै सबैभन्दा बढी सोमवार ९.१३ अंकले नेप्से घटेको थियो । त्यस्तै, सातामा १ करोड ६१ लाख ५६ हजार ४३८ कित्ता सेयर ५ अर्ब २ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ। गत सातामा १ करोड ५२ लाख ६४ हजार ८३० कित्ता सेयर ४ अर्ब ९४ करोड रुपैयाँ बराबरमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x