Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पर्यटकीय नगरी पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पर्यटकीय नगरी पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

काठमाडौं, ११ जेठ । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । लाउञ्जले काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी पोखराबासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए ।

पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाई छ । लाउञ्जले पाएको सफलताको श्रेय देश तथा विदेशमा रहेका लाउञ्जका सेवाग्राहीलाई दिएका श्रेष्ठले गुनासो गर्ने अवस्था आउन नदिने बताए ।

लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउने छ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ ।

लाउञ्जको औपचारिक उद्घाटन कार्यक्रममा दीपक बज्राचार्य तथा रिदम व्याण्डका साथै किंग्स लाउञ्ज व्याण्डले लाइभ प्रस्तुती दिएका थिए । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

खेलप्रेमीहरुलाई लक्षित गर्दै लाउञ्जले १८ फिट लम्बाई तथा १२ फिट उचाईको फूल एचडी स्क्रीनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुको प्रत्यक्ष प्रशारण समेत गर्नेछ । यसले पोखराका खेलप्रेमीहरुका लागि किग्ंस लाउञ्ज उचित गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x