Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

सेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा, बजार घटेसँगै कारोबार रकममा पनि सुस्तता

सेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा, बजार घटेसँगै कारोबार रकममा पनि सुस्तता

काठमाडौं, १३ जेठ । साताको दोस्रो कारोबार दिन आज सेयर बजार झिनो अंकले सुधारिएको छ। उत्तार–चढावका बीच बजार ०.३४ अंकले बढेर परिसूचक १३०२.९६ को बिन्दुमा बन्द भएको छ । हिजो दोहोरो अंकले बजार बढ्दा परिसूचक १३०२.६१ को बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका मध्ये बैंक, जीवन र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। एक सय ७ण् कम्पनीको ५१ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । त्यसमा क्रमश : शिवम् सिमेन्ट, प्रभु बैंक, नेपाल बैंक लिमिटेडको धेरै सेयर कारोबार भएको छ। स्पर्श लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंकका लगानीकर्ताहरुले धेरै कमाउनेहरुको अग्रस्थानमा छन् भने सिनर्जी पावर कम्पनी र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताहरु गुमाउने कम्पनीहरुको अग्रस्थानमा छन् ।

केही दिन अघि बजार बढेसँगै कारोबार रकममा पनि आकर्षण देखिएको थियो । तर बजेट आउने समयावधी नजिकै गर्दा लगानीकर्तामा त्यो आकर्षण विस्तारै कम हुदै गएको देखिन्छ । सरकार बजेट निर्माणको अन्तिम तयारीमा रहेकाले लगानीकर्ताहरु बजेटले लिने नीतिलाई पर्ख र हेरको अवस्थामा रहेको विश्लेषक बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x