Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

बजेट कार्यान्वयनमा सरकार असफल, खर्च प्रणाली सुधार गर्न विज्ञको सुझाव

बजेट कार्यान्वयनमा सरकार असफल, खर्च प्रणाली सुधार गर्न विज्ञको सुझाव

शंकर पण्डित
काठमाडौं, १४ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेट भोली सार्वजनिक गर्दैछन् । आगामी वर्षका लागि १५ खर्ब रुपैयाँ भन्दा बढीको बजेट सार्वजनीक गर्ने अनुमान गरिएको छ । अवको बजेट केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउन लागेको दोस्रो बजेट हो ।

चालु आर्थिक वर्षका लागि १३ खर्व १५ अर्व १६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । त्यसमा चालु तर्फ आठ खर्ब ४५ अर्व र पुँजीगत तर्फ ३ खर्ब १३ अर्व रुपैयाँको विनियोजन गरिएको थियो । तर यो अवधीमा बजेट खर्च भने सन्तोषजनक हुन सकेको छैन । आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहदाँ चालु खर्च ५ खर्ब ५५ अर्व रुपैयाँ भएपनि पुँजीगत बजेट (विकास निर्माणका लागि छुट्याइएको बजेट) भने १ खर्व १० अर्ब मात्र भएको छ । यो विनियोजित बजेटको ४३.५६ प्रतिशत मात्र हो ।

मुलुक संघीय संरचनामा गएसँगै दुई तिहाईको बलियो सरकार गठन भएपछि विकास निर्माणको कामले तीब्रता पाउने आमनागरिकको अपेक्षा थियो । तर बजेट कार्यान्वयनको सन्दर्भमा भने सरकार चुकेको विज्ञ बताउछन् । ‘एउटै पार्टीको दुई तिहाईको सरकारले दुरगामी महत्वको कामहरु गर्न सक्थ्यो,’ अर्थविद् केशव आचार्यले भने ‘तर पुँजीगत खर्चको मात्र अवस्था हेर्दा सरकारले खासै काम गर्न सकेन ।’

‘विगतमा रातो किताबमा आयोजना परिसकेपछि पनि राष्ट्रिय योजना आयोगमा लगेर कार्यक्रम स्विकृत गराउनुपथ्र्यो । त्यसका लागि तीन चार महिना लाग्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन । यस्तो सहज अवसरमा पनि खर्च परिचालनमा सरकारको क्षमता देखिएन ।’ उनले बताए ।
आगामी वर्षका लागि बजेटको आकार मात्र बढाउने भन्दा पनि खर्च गर्ने प्रणाली सुधार गर्न आवश्यक रहेको उनको सुझाव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x