मोदीको सपथ कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली बिहीबार भारत जाने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षि नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली आकस्मिकरुपमा दिल्ली जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । ओली सपथ समारोहमा सहभागी भएर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।