Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

प्रभु बैंकको शाखा कार्यालय कञ्चनपुरको झलारीमा

प्रभु बैंकको शाखा कार्यालय कञ्चनपुरको झलारीमा

काठमाडौं, १४ जेठ । प्रभु बैंक लिमिटेडले कञ्चलनपुरको झलारीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं. १० मा बैंकको झलारी शाखा कार्यालय सञ्चालनमा आएको हो । उक्त शाखाको उद्घाटन शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले गरे ।

मेयर ऐरले झलारी शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आमसर्वसाधारणलाई सरल र सहज रुपमा बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध हुनेमा आशा व्यक्त गरे ।

झलारी शाखा कार्यालय सञ्चालनमा आएसँगै यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउँने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x