Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेप्सेमा झिनो अंकको सुधार, सबैभन्दा बढी कारोबार शिवम्को

नेप्सेमा झिनो अंकको सुधार, सबैभन्दा बढी कारोबार शिवम्को

काठमाडौं, १४ जेठ । सताको तेस्रो सेयर कारोबारमा मंगलबार (आज) झिनो अंकले सुधार भएको छ । सोमबार ०.३४ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज मंगलबार २.५३ अंकले बृद्धि भई १३०५.४९ विन्दुमा बन्द भएको हो ।

१ सय ६४ कम्पनीको २४ लाख १२ हजार ९६२ कित्ता सेयर खरिदविक्री हुँदा ७५ करोड ६८ लाख ९१ हजार ६१३ रुपैयाँको कारोबार भएको छ । सबै भन्दा बढी सेयर कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको हो । शिवम्को १६ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै सबैभन्दा बढी ज्योति विकास बैंक लिमिटेडका सेयरधनीहरुले कमाउँन सफल भएका छन् । उक्त बैंकको प्रतिसेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी गुमाउँनेमा माउण्टेन हाइड्रो नेपाल लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त हाइड्रोको प्रतिसेयर मूल्यमा ६.६६६६७ प्रतिशतले गिरावट आएको छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत ११ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने अन्य सबैको परिसूचक घटेको छ । बैंकिङ ०.१५ प्रतिशत, विकास बैंक १.१२ प्रतिशत, हाइड्रोपावर ०.१३ प्रतिशत, फाईनान्स ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन २.९३ प्रतिशत र म्युचियल फण्ड समूहको १.७६ प्रतिशतले परिसूचक बढेको छ । होटल ०.७५ प्रतिशत, निर्जीवन बिमा ०.५७ प्रतिशत, अन्य ०.१८ प्रतिशत, माइक्रोफाईनान्स ०.०५ प्रतिशत र जीवन बिमा समूहको ०.०५ प्रतिशतले परिसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x