Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नेपाल बैंक लिमिटेडको सञ्चालकमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित

नेपाल बैंक लिमिटेडको सञ्चालकमा बद्री खनाल र ध्रुव भट्टराई निर्वाचित

काठमाडाैं, २२ असार । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा दुई जना नयाँ सदस्य निर्वाचित भएका छन्। बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बद्री खनाल र कर्मचारी सञ्चय कोषका तर्फबाट ध्रुव भट्टराई निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालकहरू खनाल र भट्टराईले असार २१ गते शनिबार बैंक सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। यससँगै उनिहरूले औपचारिक रूपमा आफ्नो कार्यभार समालेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *