एनआईसी एशिया बैंकका शाखा विराटनगर र धरानमा
काठमाडौं, १४ जेठ । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८ मा बैंकले शाखा कार्यालय विस्तार गरेको हो ।
विराटनगर रानी मिल्स एरियास्थित रानी मिल्स शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले गरे भने धरानको बुद्ध चोकस्थित बुद्ध चोक शाखाको उद्घाटन अर्का बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले गरेका हुन् ।
हाल बैंकले मुलुकभर २ सय ८४ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर र २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।