सुमार्गीको रकमको वैधाता जाँच्न सर्वोच्च अदालतको आदेश
काठमाडौं,१४ जेठ । सर्वोच्च अदालतले उद्योगपति एव व्यापारी अजेयराज सुमार्गीको बैंकमा रहेको रकमको बैधताको विषयमा छानविन गर्न आदेश दिएको छ । सुमार्गिको रकम विवाद सम्वन्धि मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले सुमार्गीको रकमको बैधताका विषयमा समेत जाँझबुझ गर्न र रकम के कुन श्रोतबाट आएको हो, सम्पति शुद्धिकरण ऐनको उल्लंघन गरी आएको हो होइन भन्ने विषयमा छानविन गर्न आदेश दिएको छ । ६ महिनाभित्र यकिन निर्णय गर्न आदेशमा भनिएको छ । सर्वोच्चले सु्मार्गीको रकमको बैद्यानिकताको विषयमा प्र्र्रत्येक महिना सर्वोच्च अदालत अन्तग्र्रतको फैसला कार्यान्वयन निर्देशनालयमा पठाउन भनेको छ ।
गत १० पुसमा तत्कालीन न्यायाधीश दीपकराज जोशीको इजलासले सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश जारी भएलगत्तै सुमार्गीले २१ पुसमा २ अर्ब रुपैयाँ नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेका थिए । यसअघि २४ पुस २०७४ मा प्रधानन्यायाधीश राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन अर्को आदेश जारी गरेको थियो । त्यसअघि राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएपछि व्यापारी सुमार्गी सो वैदेशिक लगानी मुक्तिश्री सिमेन्ट उद्योगका लागि आएको भन्दै सर्वोच्च पुगेका थिए । सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये २ अर्ब रुपैयाँभन्दा बढी उनले निकालिसकेका छन् ।