पेट्रोलियम पदार्थमा १ रुपैयाँ कर थपियो
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट संसद्मा प्रस्तुत गर्दै सडक मर्मतका लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ कर थप गरिएको जानकारी दिएका छन् । सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने र त्यसलाई मर्मत गर्नको लागि पेट्रोलियम पदार्थमा १ रुपैयाँ कर बढाइएको अर्थमन्त्री खतिवडाले जनाएका हुन् ।
त्यसैगरी सरकारले आगामी आर्थिक वर्षको लागि द्रुतमार्गलाई १५ अर्ब १ करोड, कान्तिपथको लागि ६१ करोड, गल्छी-त्रिशुली-मैलुङ सडकका लागि १ अर्ब ५८ करोड, बीपी राजमार्गका लागि ९६ करोड, मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड विनियोजन गरेको छ ।
यसका सथै मध्यपहाडी लोकमार्गका लागि १३ अर्ब २० करोड र हुलाकी राजमार्गको लागि १३ अर्ब ५३ करोड विनियोजन गरिएको छ।