बजेट बारे देउवाको धारणा, क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ
काठमाडौं,१५ जेठ । प्रतिपक्षीदल नेपाली कंग्रेसले स्रोत र क्षेमता विना वितरणमुखी बजेट ल्याएको टिपणी गरेको छ । संसदभवनमा पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिदै प्रमुख प्रतिपक्षीदलका नेता शेर वहादर देउवाले अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बितरण मुखी रहेको प्रतिक्रिया दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमाथि प्रतिक्रिया दिँदै भने, बजेटमा नयाँ कुरा छैन र खर्च गर्ने क्षमताविनै कार्यक्रमहरु राखिएका छन् ‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी मात्र हो स्रोत र क्षेमताका आधारमा कार्यन्वन गर्न सक्ने अवस्था छैन ।