Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बोनस पछि सिर्जना फाइनान्स मुल्य समायोजन

बोनस पछि सिर्जना फाइनान्स मुल्य समायोजन

काठमाडौं, ९ पौष । लाभांश प्रयोजनका लागि सिर्जना फाइनान्सको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले फाइनान्सको प्रति शेयर ३३८ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार फाइनान्सको शेयर आधार मुल्य ३२८ रुपैयाँ रहेको छ ।

फाइनान्सले पौष २२ गते बस्ने १७औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई ३२.५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै फाइनान्सले शेयरधनीहरुलाई कर तिर्नका लागि १.७१ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । सोहि साधारण सभामा फाइनान्सले बोनस शेयर पछि ६० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव समेत लाने भएको छ ।

फाइनान्सले प्रस्ताव गरेको ३२.५ प्रतिशतको बोनस शेयर पछि चुक्ता पुँजी ४० करोड ६ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x