कामना सेवा विकास बैंकको नयाँ शाखा ठमेलमा

काठमाडौं, २४ जेठ । कामना सेवा विकास बैंकले काठमाण्डौ महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा शाखा कार्यालय संचालनमा ल्याएको छ। उक्त शाखाको बैंकका अध्यक्ष सुिदप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन ।
यो बैंकको ८७ औं शाखा कार्यालय भएको जनाइएको छ । यस बाहेक ४० वटा एटिएम मार्फत आफ्नो ग्राहकलाई सेवा दिदै आएको छ।