Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विवादमा लोकसेवा आयोगको विज्ञापन, खारेज गर्न सांसदहरुको माग

विवादमा लोकसेवा आयोगको विज्ञापन, खारेज गर्न सांसदहरुको माग

काठमाडौं, २४ जेठ । लोकसेवाको आयोगले गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् । आज बोलाइएको बैठकमा समितिका सदस्यहरुले लोकसेवाले माग गरेको विज्ञापन खारेज गर्न आयोगलाई निर्देशन दिनुपर्ने धारणा राखेका छन्।

सांसदहरुले मन्त्री पण्डित समितिप्रति जवाफदेही नभएको आरोप लगाए । संवैधानिक अधिकार मिचिने क्रम बढेको र अराजकता बढेको भन्दै लोकेसेवाको विज्ञापन खारेज गर्न माग सांसदहरुको छ । बैठकमा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला उपस्थित थिए। सचिव कोइरालाले कानुन अनुसार लोकसेवालाई विज्ञान गर्न माग गरेको दाबी गरे ।

विवादमा परेको स्थानीय तहमा कर्मचारी भर्ना गर्नेसम्बन्धी लोकसेवा आयोगले गरेको विज्ञापनका सम्बन्धमा छलफल गर्न समितिले बुधबार बोलाएको बैठकमा पनि मन्त्री पण्डित अनुपस्थित थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x