सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ, बैंकिङ्ग क्षेत्रमा तीन दशकको अनुभव
काठमाडौं, २३ जेठ । सन्राईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरिएको छ। हिजो बसेको बैंक संचालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा. नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले आगामी असार २ गते देखि कार्यभार सम्हाल्ने छन् । बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो चार वर्षे कार्यकाल पूरा गरि बैंकबाट विदा भएपछि सो पद खाली थियो ।
यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली सकेका श्रेष्ठसँग बैंकिङ्ग क्षेत्रको तीन दशकको अनुभव छ ।