Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सेयर बजार घट्ने क्रम रोकिएन, परिसूचक १२८४.५९ को बिन्दुमा झर्यो

सेयर बजार घट्ने क्रम रोकिएन, परिसूचक १२८४.५९ को बिन्दुमा झर्यो

काठमाडौं, २३ जेठ । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६९ अंकले घटेर १२८४.५९ को बिन्दुमा बन्द भएको छ।

पछिल्लो केही महिना यता बजारमा क्रमश गिरावट आइरहेको थियो । तर गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट पुँजीबजारमैत्री भएकाले आगामी दिनमा बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा लगानीकर्ताको थियो । तर त्यसपछिका केही दिन सकारात्मक देखिएको बजार पुन: ओरालो लागिरहेको छ।

आज कारोबारमा आएका होटल, विकास बैंक, फाइनान्स, म्यूचुअल फन्ड र अन्य समूहको उपसूचकमा बृद्धि भएको छ भने बाँकी अरु समूहको उपसूचकमा गिरावट आएको छ ।

एक सय ७२ कम्पनीको ५८ करोड ८८ लाख रुपैयाँ बजारको सेयर कारोबार भएकोमा शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, गुडबिल फाइनान्स र वल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले धेरै कमाएका छन् । धेरै गुमाउनेमा भने पाँचथर पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, माहुलि सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x