ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं, २३ जेठ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ। जेठ २५ गते हुन लागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेदवारी दर्ता गराएका हुन ।

तीन समूहले छुट्टा–छुट्टै प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । तीन उपाध्यक्षका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ, पाल्साङ गुरुङ, रत्नप्रसाद दुलाल, गोविन्दप्रसाद पन्थ र सुनिता श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महासचिव पदका लागि धु्रव अधिकारी, सहदेव धमला र नारायण खनालले उम्मेदवारी दिएका छन् ।

सचिवमा दवाङ तामाङ, बद्रीप्रसाद तिमल्सिना र रामचन्द्र गिरी र कोषाध्यक्षमा रामकुमार थपलिया, पुण्यराम लागेजु र रामशरण ढकालको उम्मेद्वारी परेको छ । आठ सदस्यका लागि १८ को उम्मेद्वारी परेको छ । निर्वाचनमा ८ सय १२ जना सदस्यले मताधिकार प्रयोग गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *