राष्ट्र बैंकले १५ अर्वको रिपो जारी गर्दै
काठमाडौं, २३ जेठ । वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको रिपो जारी गर्दैछ । एक सातामा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो ।
रिपो आज अपराह्न ३ बजे बोलकबोल हुने छ । जेठ ३० गते परिपक्क हुने रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बजारमा लगानी योग्य तरलता बढी भएमा तरलता प्रशोचन गर्ने गर्दछ । रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागि हुन सक्ने छन् ।