सेयर बजारमा उत्साह जागेन, बजार घटेसँगै कारोबार रकममा पनि सुस्तता
काठमाडौं, ३० जेठ । पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट देखिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएपछि त्यसको विपरित बजारमा गिरावट कायमै छ ।
यो साताको अन्तिम कारोबार दिन आज पनि उतार–चढावकाबीच बजार २.९२ अंकले घटेर नेप्से परिसूचक १२६९.५५ को विन्दुमा बन्द भएको छ। गतसाताको अन्तिम कारोबार दिन परिसूचक १२८४.५९ को बिन्दुमा बन्द भएको थियो । गतसाताको तुलनामा यो साता बजार १५.०४ अंकले घटेको छ ।
बजार घटेपछि कारोबार रकममा पनि उत्साहज सृजना हुन सकेको छैन । आज एक सय ७० कम्पनीको ४५ करोड ६५ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
आज क्रमश ः सांग्रिला इन्स्योरेन्स, शिवम् सिमेन्ट र प्रभु बैंकको धेरै सेयर खरिद–बिक्री भएको छ। धेरै कमाउनेमा भने आँखुखोला जलविद्युत आयोजना, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । त्यस्तै गुमाउनेमा प्रोडेन्सियल इन्स्योरेन्स र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् ।