Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रभु बैंकको शाखा कार्यालय कैलालीको अत्तरियामा

प्रभु बैंकको शाखा कार्यालय कैलालीको अत्तरियामा

काठमाडौं, ३० जेठ । प्रभु बैंक लिमिटेडले कैलालीको गोदावरी नगरपालिका वडा नं. १ स्थित अत्तरियामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले गरेका हुन् ।

नगर प्रमुख साउदले प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल रुपमा बैंकिङ्ग सेवा उपभोग गर्न सहज हुने बताए ।

त्यस्तै सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभांविन्त हुने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x