Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, ३० जेठ । नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनलबीच सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र फ्रान्सबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

समारोहमा प्रधानमन्त्रीले यो सहमती दुई देशबीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गरे । फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरे । साथै, उनले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पारे ।

त्यस्तै महासंघका अध्यक्ष राणाले सम्झौताले आगामी दिनमा नेपाल फ्रान्सबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x