Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

राजनीतिमा लाग्न युवा उद्यमीलाई बाबुराम भट्टराईको सुझाव

राजनीतिमा लाग्न युवा उद्यमीलाई बाबुराम भट्टराईको सुझाव

काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा उद्यमीहरुलाई राजनीतिमा लाग्न सल्लाह दिएका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल” शीर्षकमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।

भट्टराईले राजनीति, व्यापार तथा उद्योगबाट अलग नरेहेको भन्दै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह गरे । नेपाल किन बाँकी विश्वभन्दा धेरै पछाडि परेको भन्ने युवा उद्यमीहरुको प्रश्नमा पूर्व प्रधानमन्त्री भट्टराईले केही ऐतिहासिक तथ्य उल्लेख गरे । उनले भने, “अठारौं शताब्दीमा नेपाल २५ वटा विकसित देशभित्र पथ्यो । तर, शाह तथा राणा शासनकालमा नेपाल बाँकी विश्वसँग अलग रही नागरिकको ओहोर दोहोर नहुँदा प्रगति रोकिन पुग्यो । तर अहिले नेपाल विकासको बाटोमा अघि बढेको छ ।”

चीन र भारतको बीचमा रहेकाले नेपाललाई दुई देशबीचको गतिशिल पुलको रुपमा आर्थिक विकास गर्ने अवसर प्राप्त भएको पनि उनले उल्लेख गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x