Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

विद्युतीय सवारी साधन संचालनका लागि सरकारले गरेको निर्णयको सुन्दर यातायातद्वारा स्वागत

विद्युतीय सवारी साधन संचालनका लागि सरकारले गरेको निर्णयको सुन्दर यातायातद्वारा स्वागत

काठमाडौं, ३१ जेठ । विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारीमा रहेको सुन्दर यातायातले विद्युतीय सार्वजनिक सवारी साधनलाई संचालनमा ल्याउन सरकारले गरेको निर्णयको स्वागत गरेको छ। गत जेठ १३ को मन्त्रिपरिषद् बैठकले सवारी साधन आयात निर्यात कार्ययोजना पारित गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

सरकारले विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहन गर्ने तथा विद्युतबाट संचालित हुने वातावरणमैत्री सवारीसाधन खरीद गर्दा बैंकले ९० प्रतिशतसम्म फाइनान्स गर्न नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंकहरूलाई परिपत्र समेत जारि गरिसकिएको छ। सो कम्पनीले विद्युतीय सार्वजनिक सवारीसाधन संचालनमा रहेको झञ्झटिलो र अड्किरहेको भाडादर तथा नीतिनियम निर्माण समेत चाडै हुने विश्वास गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *