Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रभु बैंकको शाखा कार्यालय कैलालीको टीकापुरमा

प्रभु बैंकको शाखा कार्यालय कैलालीको टीकापुरमा

काठमाडौं, ३१ जेठ । प्रभु बैंक लिमिटेडले कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा टीकापुर शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख टपेन्द्र बहादुर रावलले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

रावलले सो शाखा कार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यवसायी तथा सर्वसाधारणलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने बताए ।

टीकापुर शाखासहित हाल बैंकले १ सय ८४ वटा शाखा, १ सय ४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरहरुमार्फत् सेवा प्रवाह गरिरहेकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x