Shangrila

पूर्वाधार निर्माणमा लापरबाही गर्ने पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न विकास समितिको निर्देशन

काठमाडौं, ३१ जेठ । संसदको विकास तथा प्रविध समितिले गुणस्तर नपुर्‍याइ काम गरेको र त्यसको जवाफदेहीता समेत नलिएको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न गर्न निर्देशन दिएको छ । काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरि निर्माण अघि बढाउने कम्पनीलाई कारवाही गर्न सुझाव दिएको हो ।

अरनिको राजमार्ग अर्न्तगत तीनकुनेस्थित वागमती नदीमा निर्माणाधीन पुलमा समस्या देखिएपछि समितिले ०७६ जेठ २ गते स्थलगत अवलोकन गरेको थियो। अनुगमनका क्रममा पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो। तर व्यवसायीले उक्त निर्देशनको पालना नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *