Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कामना सेवा बैंकको दुई नयाँ शाखा झापामा

कामना सेवा बैंकको दुई नयाँ शाखा झापामा

काठमाडौं, ३१ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नम्बर १ को झापामा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको कमल गाउँपालिका–५, पाडाजुंङ्गी र बुद्धशान्ति गाउँपालिका१, बुधवारेमा गरी दुई नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ गरिएको जनाइएको छ ।

बैंकले बिहीबार ८८ र ८९ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले व्यापारिक क्षेत्र पूर्वीनेपालमा शाखा विस्तारले व्यापार प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । हाल बैंकले देशका विभिन्न भागहरुमा ८९ वटा शाखा कार्यालय र ४० वटा एटीएम मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x