Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लघुवित्तलाई मर्जरमा जान सुझाव दिदै गभर्नर नेपालले भने– ‘मौद्रिक नीतिपछि रोइकराई गर्न पाइन्न ’

लघुवित्तलाई मर्जरमा जान सुझाव दिदै गभर्नर नेपालले भने– ‘मौद्रिक नीतिपछि रोइकराई गर्न पाइन्न ’

काठमाडौं, ३१, जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले लघुवित्त संस्थाहरुलाई मर्जरमा जान सुझाएका छन् । आइविएन मिडिया एन्ड रिचर्सले आज आयोजना गरेको लघुवित्तमा मर्जरको आवस्था विषयक छलफल कार्यक्रममा मौद्रिक नीतिबाट लघुवित्त मर्जर सम्बन्धि विशेष व्यवस्था गर्ने जनाउ दिदै उनले मौद्रिक नीति आउन एक महिना बाँकी रहेकाले सो अवधी सम्म साझेदार खोजेर मर्जरमा जान सुझाएका हुन ।

बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि गर्ने निर्णय गर्दा राष्ट्र बैंकलाई ठुलो दबाव आएको सम्झदै उनले मौद्रिक नीति पछि रोइकराई गर्न नपाउने बताए । राष्ट्र बैंकले लामो अध्ययन र छलफल गरेर मात्र कुनै पनि निर्णय लिने उनले प्रष्ट पारे ।

लघुवित्तमा डुब्लिकेशन लगायतका समस्या रहेको उनले बताए । ‘यो हामीले जन्माएको संस्था हो । यसको व्यवस्थापनमा हामीलाई ठुलो चिन्ता छ, । ’ उनले भने ‘तपाईहरु त राति सुत्नु हुन्छ तर हामी त राति पनि नसुति यो क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्नेमा चिन्तित हुन्छौं ।’

एक अर्को प्रसंगमा गभर्नर नेपालले लघुवित्त संस्थाहरुले चलखेल गरेर सेयरको मूल्य बढाएको आरोप पनि लगाए । वाणिज्य बैंकको सेयर २, ३ सय रुपैयाँमा कारोबार भइरहदाँ लघुवित्तको ३, ४ हजारमा कारोबार भइरहेको भन्दै उनले त्यो अस्वभाविक चलखेल भएको बताए ।

त्यस्तै,कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्तमा मर्जर आवश्यक भएको बताए । बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले त्यसको नियमनका लागि मर्जर जरुरी भएको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आर्थिक विज्ञ भरत थापाले पनि लघुवित्तमा अस्वस्थ प्रतिस्पर्धा बढेको बताए । संख्या धेरै भएपनि अझै मुलुकका दुरदराजमा लघुवित्तको पुहँच पुग्न नसकेको तर्फ उनले सचेत गराए । नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले गरिबी निवारणमा लघुवित्तको महत्वपूर्ण योगदान रहेको भन्दै त्यसको व्यवस्थापनका लागि मौद्रिक नीतिबाट थप केही नयाँ व्यवस्था गर्ने जनाउ दिए ।

कार्यक्रममा सहभागि अन्य लघुवित्त बैंकर्सहरुले पनि मर्जर अपरिहार्य भएको बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x