Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदुरपश्चिम प्रदेश सरकारको बजेट २८ अर्ब १६ करोड

सुदुरपश्चिम प्रदेश सरकारको बजेट २८ अर्ब १६ करोड

कैलाली, १ असार। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७६ । ७७ का लागि  २८ अर्ब १६ करोडको बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारकार आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको छ ।

८२ करोड ७५ लाख १७ हजार राजश्व उठाउने लक्ष्य राखेको छ भने बजेटको बाँकी श्रोतका रुपमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ९५ करोड २४ लाख, राजश्व बाँडफाँटबाट ८ अर्ब ४ करोड ६८ लाख ५५ हजार, सशर्त अनुदानबाट ४ अर्ब ५५ करोड ६ लाख, समपुरक अनुदानबाट १ अर्ब र विशेष अनुदानबाट १ अर्ब आउने छ । यस्तै चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेट ४ अर्ब ७८ करोड ५३ लाख ६३ हजार छ ।

बजेटमा मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ। यस्तै प्रदेश सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास  कार्यक्रम का लागि पनि बजेट छुट्याएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x