Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड

काठमाडौं,१ असार ।  प्रदेश नं ३ को सरकारले आर्थिक बर्ष २०७६ । ७७ का लागि ४७ अर्ब ६० करोड बढीको बजेट विनियोजन गरेको छ ।  प्रदेशसभाको आजको बैठकमा प्रदेशका ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट पेश गरेका हुन ।

चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट र पूँजीगततर्फ २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीयतर्फ ३० करोडको बजेट छुट्याइएको छ । बजेटले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको निरन्तरता र कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिएको छ । सिन्धुलीको दुधौली, मकवानपुरको मनहरिमा  नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने, चितवनमा दूधको उत्पादन गर्ने कारखाना तथा हेटौँडा अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गरिने कार्यक्रम बजेटले समेटेको छ ।

बजेटमा प्रदेशको १० जिल्लामा गरिबी न्यूनीकरण गर्ने कार्यक्रम, कृषि, वनलाई संरक्षण गर्ने १३ वटै जिल्लामा छोरी–बुहारीलाई उच्च शिक्षासम्म अध्ययन गराउने अभियानलाई तीव्रता दिइने, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गलाई निर्माणको अग्रतामा बजेट छुट्याइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x