Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश १ को बजेट ४२ अर्ब २० करोड

प्रदेश १ को बजेट ४२ अर्ब २० करोड

काठमाडौं, १ असार ।  एक नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख बराबरको बजेट ल्याएको छ । प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मंत्री इन्द्र आङ्बोले आगामी बर्षको बजेट पेश गरेका हुन । जस अनुशार चालु खर्च तर्फ१८ अरब ५४ करोड अर्थात ४३.९ प्रतिशत र पूँजीगत तर्फ२३ अरब ५७ करोड अर्थात ५५.९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कृषि, पर्यटन र त्यसपछि भौतिक पूर्वाधारलाई प्राथमिकिकरण गरेको भएपनि बजेटमा सबैभन्दा बढी सडक पर्वाधार क्षेत्रमा ८ अरब रुपैया विनियोजन गरिएको छ भने सबैभन्दा कम युवा तथा खेलकुद क्षेत्रका लागि ४७ करोड ५५ लाख रुपैया विनियोजन गरिएको छ । बजेटमा मुख्यमंत्री ग्रामिण सडक सुधार कार्यक्रम, २ वर्षा प्रदेशलाई साक्षर बनाउने कार्यक्रम, ९० वर्षा जेष्ठ नागरिकलाई ५ हजार रुपैयाले सम्मान गर्ने जस्ता कार्यक्रमहरु समेटिएका छन् ।

प्रदेश सभा सांसदहरुलाई विकास निर्माण कार्यमा प्रत्यक्ष रुपमा संलग्न गराउन प्रदेश निर्वाचन क्षेत्र पर्ूवाधार विकास कार्यक्रम बजेटमा राखिएको छ । एक नम्बर प्रदेशका ५६ वटा प्रदेश निर्वाचन क्षेत्रका लागि २ करोड ५० लाखका दरले १ अरब ४० करोड रुपैया विनियोजन गरिएको छ । यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रत्येक सांसदहरुलको सिफारिशमा योजना कार्यान्वयनका लागि ५० लाख रुपैया दरले ४८ करोड रुपैया छुट्याइएको छ । 

गत वर्षप्रदेश सरकारले ३५ अरब ९३ करोड रुपैया बराबरको बजेट ल्याएको थियो । चालु आर्थिक वर्ष०७५/७६ मा अहिले सम्म करिब २८ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x